नियम ३४
बढुवा गर्ने अधिकारी

(१) प्रधान सेनापति बाहेक नेपाली सेनाका अन्य पदमा बढुवा गर्ने अधिकार बढुवा समितिको सिफारिसमा देहायको अधिकारीलाई हुनेछः–
(क) महासेनानीदेखि रथीसम्मको पदमा नेपाल सरकार,
(ख) सहायक सेनानीदेखि प्रमुख सेनानीसम्मको पदमा प्रधान सेनापति,
(ग) प्रमुख सुवेदारको पदमा कार्यरथी,
(घ) जमदार र सुवेदारको पदमा सम्बन्धित पृतनाप्रमुख वा बाहिनीप्रमुख वा निर्देशक,
(ङ) प्यूठदेखि हुद्दासम्मको पदमा सम्बन्धित युनिटप्रमुख वा कार्यालय प्रमुख ।
(२) उपनियम (१) बमोजिम बढुवा गर्ने अधिकार प्राप्त अधिकारीले आवश्यकता अनुसार अन्य निकाय वा पदाधिकारीलाई सो अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।